मणिलेक ईन्टरनेशनल स्कुल द्वारा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत
धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. ३ मा रहेको मणिलेक ईन्टरनेशनल स्कुलले नव आगन्तुक विद्यार्थीहरूलाई बाजागाजा सहित स्वागत गरेको छ । शुक्रवार एक समारोहका बिच विद्यालयले विद्यार्थीहरूलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रमका सभापति प्रधानाध्यापक खड्क कुँवर, प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका दत्त भट्ट, अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्यहरू उषा पाण्डेय पाठक, केशव दत्त अवस्थि, चेतराज अवस्थि लगायतले नव आगन्तुक विद्यार्थीहरूलाई टिका लगाएर स्वागत गरेको थिए ।
स्वागत कार्यक्रममा स्वागत मन्तव्य मणिलेक ईन्टरनेशनल स्कुल सहायक प्रधानाध्यापक उमेश जोशीले गरेका थिए । विद्यार्थीको तर्फबाट अम्बिका शाही, आयुशा कुँवरले मन्तव्य दिएका थिए । १२३ जना नव आगन्तुक विद्यार्थीहरूलाई विद्यालयले स्वागत गरेको हो ।
प्रतिक्रिया