राष्ट्रिय युवा संघको महासचिवमा धनगढीका बिनयको बलियो दावेदारी
धनगढी । नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा सम्पन्न हुँदैछ। देशभरिबाट १ हजार ९०० प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। पार्टीले जनसंगठनका केन्द्रीय नेतृत्वलाई संख्यात्मक दृष्टिले छरितो बनाएपछि युवा संघको आगामी केन्द्रीय कमिटी १५१ सदस्यीयमा सीमित हुँदैछ। त्यसभित्र जम्मा ९ पदाधिकारी चयन गर्नुपर्नेछ।
अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय छ। त्यसैले अहिले भएका केन्द्रीय पदाधिकारी र सदस्यबाट महाधिवेशनले १८८ जनालाई बिदा गर्नुपर्ने भएको छ। त्यसभित्र नयाँ सदस्य केन्द्रीय कमिटीमा आउन चाहन्छन्। पार्टीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको संख्या घटाए पनि आयोग, विभाग र प्रदेशका हकमा विद्यमान व्यवस्था नै कायम रहने जनाइएको छ।
महाधिवेशन नजिकिदै गर्दा अध्यक्षका आकांक्षी भने ५ जना देखिएका छन्। वर्तमान अध्यक्ष क्षितिज थेबेसहित ५ जनाले अध्यक्षको आकांक्षा राखेका छन् भने महासचिवमा हालका सचिव इन्जिनियर विनय शाहले आकांक्षा राखेका छन्।
सुदूरपश्चिमको धनगढीका ३५ वर्षीय शाह २०७९ चैत २७-२९ मा नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए। शाह सुदूरपश्चिममा युवापुस्ताको कमाण्डरको रुपमा परिचित छन्।
उनलाई हालको गठबन्धन सरकारका बेलासमेत सुदूरपश्चिमबाट राष्ट्रिय राजनीति र अन्य क्षेत्रमा न्यून प्रतिनिधित्व देखिएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत मुलधारमा ल्याउन खोजेको बताइएको छ। युवा पुस्ताको असल नेतृत्व गर्नसक्ने भन्दै उनलाई महासचिव बनाउन सुदूरपश्चिमबाट चर्को दबाब छ।महासचिवमा उनीबाहेक अन्य केहीले पनि इच्छा राखेका छन्।
यस्तो छ शाहको राजनीतिक यात्रा
शाहले वि.सं. २०६० मा अनेरास्ववियुको सदस्यका रूपमा राजनीति सुरु गरेका थिए। त्यसबेला उनी पोखरा विश्वविद्यालयको अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म बनेका थिए। त्यसपछि एसिया स्टुडेन्ट्स एसोसिएसनको संयोजक, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रदेश अध्यक्ष, विदेश विभाग प्रमुख हुँदै हालसम्म केन्द्रीय सचिव बनेका थिए।
शाहले नीति तथा दृष्टिकोणको रुपमा जनताको बहुदलीय जनवादलाई Gen G–Generation माझ प्रविधि–मैत्री मोड्युलद्वारा विस्तार गर्ने मान्यता राख्दछ्न् भने मार्क्सवादलाई अझै प्रगतिशील विज्ञानका आधारमा परिभाषित गर्ने नीतिलाई पक्षपोषण गर्दछन्।
कस्ता छन् उनका एजेण्डा
संगठनात्मक रूपान्तरण:
-संगठनलाई नीति निर्माण गर्ने नेता उत्पादनको फ्याक्ट्रीमा बदल्ने।
-रिपोर्टिङ र मूल्यांकन प्रणाली अनिवार्य गरी व्यक्तिगत र कमिटीको मार्किङ गर्ने र डिजिटल dashboard बनाई पारदर्शी बनाइने।
-संगठनको सदस्यता प्राप्ती र नवीकरण प्रणाली अझै प्रभावकारी र पारदर्शी बनाउन डिजिटल बानाइनेछ।
-युथ फोर्स विभागलाई अझै अधिकार सम्पन्न बनाई मिलिटरी संरचना अनुरूप विस्तार गरिनेछ।
-प्रशिक्षण प्रणाली अझै सुधार गरी curriculum तयार गरिनेछ र मूल्यांकनको प्रमुख आधार बनाइनेछ।
-युवा परिषदलाई दोश्रो सर्वोच्च निकायमा स्थापित गर्न अझै विशेष प्राथमिकता दिइनेछ।
-विदेश विभागलाई अझै अधिकार सम्पन्न बनाइनेछ ।
-राज्यले youth diplomats को concept लाई लागु गर्न पहल सहित विभागलाई सोही अनुरूप विस्तार गर्नेछ।
अन्तर्राष्ट्रिय समन्वय र कूटनीति:
-Youth Peace Ambassadors कार्यक्रम सञ्चालन गरी अन्तर्राष्ट्रिय शान्ति प्रयासहरूमा युवाको सक्रियता बढाउने।
-Cross-border Youth Dialogue Series आयोजना गरेर छिमेकी राष्ट्रका युवाबीच आपसी समझदारी र सहकार्य प्रवर्द्धन गर्ने।
-International Volunteer Corps गठन गरी युवा शक्ति प्रयोग गरी आपतकालीन राहत तथा विकास कार्यहरूमा सहयोग गर्ने।
-Cultural Diplomacy Initiatives मार्फत नेपाली कला, संगीत, र संस्कृति प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने।
-International Policy Internship Program स्थापना गरी नेपाली युवालाई UN, ASEAN, EU जस्ता संस्थाहरूमा इन्टर्नशिपका अवसर उपलब्ध गराउने।
-Digital Youth Diplomacy Platform निर्माण गरी युवाले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय मुद्दामा सहभागिता जनाउन सक्ने वातावरण बनाउने।
-Climate Diplomacy Campaigns मा युवा नेतृत्व विकास गर्ने र जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधित्व सशक्त बनाउने।
-Global Nepali Youth Network निर्माण गरी विदेशमा रहेका नेपाली युवाबीच समन्वय र सहकार्य विस्तार गर्ने।
प्रविधि, उद्यमशीलता र उत्पादन:
प्रविधिमा सशक्तीकरण कार्यक्रम
-फ्रि कोडिङ/डिजिटल मार्केटिङ क्याम्प: १० दिने अनलाइन र अफलाइन तालिम।
-ग्रामीण विद्यालयमा “प्रविधि मेरो साथीसँग” अभियान सञ्चालन।
युवा उद्यमशीलता अभियान
-“युवा उद्यम मेला”: प्रत्येक प्रदेशमा स्थानीय उत्पादन/व्यवसाय प्रदर्शनी।
-व्यवसाय सञ्चालनको निःशुल्क कानुनी, लेखा र मार्केटिङ परामर्श केन्द्र।
उत्पादन केन्द्रित युवा परिचालन
-बाँझो जमिनमा सामूहिक खेतीको लागि “एक पालिका एक उत्पादन” कार्यक्रम सञ्चालन गरिनेछ।
-स्थानीय हस्तकला, वस्त्र, खाद्य उद्योग मा युवा समूह परिचालन गर्ने।
-ई-कमर्स बिक्री सहयोग: “एक गाउँ, एक उत्पादन”लाई डिजिटल बजारसँग जोड्ने।
राष्ट्रिय प्रतियोगिता र पुरस्कार योजना
“राष्ट्रिय युवा इनोभेशन च्यालेन्ज”: प्रविधिमा नयाँ आविष्कार गर्ने युवालाई पुरस्कृत।
-“सर्वश्रेष्ठ युवा उद्यमी” पुरस्कार: हरेक वर्ष ७ प्रदेशबाट ७ युवा छानिने।
नेपालमा साँस्कृतिक क्रान्तिका लागि गरिने कार्यहरू (आवश्यक आधारहरू सहित)
साँस्कृतिक चेतना विकास गरिनेछ
-नागरिकहरूमा आफ्नै भाषा, धर्म, र परम्परामाथि गर्व गर्ने सोच विकास गरिनेछ।
संस्कृत र योग शिक्षालाई पुनः स्थापना गर्न सबै प्रदेशमा कार्यक्रम सञ्चालन गरिनेछ।
शिक्षा प्रणाली रूपान्तरण गरिन
-पाठ्यक्रममा नेपाली संस्कृति, लोककला, साहित्य, इतिहास र सभ्यतालाई समेटिने कार्यक्रम सञ्चालन गरिनेछ।
स्थानीय तहमा सांस्कृतिक पुनर्जागरण गरिनेछ।
जातीय तथा क्षेत्रीय संस्कृतिको अभिलेखीकरण, प्रचारप्रसार र संरक्षण गरिनेछ।
-लोपोन्मुख भाषा र परम्पराका लागि समुदाय–आधारित कार्यक्रम सुरु गरिनेछ।
राज्य नीति र कानुनी संरचना
-राष्ट्रिय संस्कृतिनीतिको खाका तयार पारिनेछ।
सहिष्णुता र विविधता सँगै अघि बढाइनेछ।
-सबै जात, धर्म र भाषाका संस्कृति बीच आपसी सम्मान र समन्वय कायम गर्ने कार्यक्रम गरिनेछ।
प्रतिक्रिया