कैलालीको बर्दगोरिया अस्पतालमा सर्प दंशको निःशुल्क उपचार

  बिहिबार ०१, जेठ २०८२ ०६:३९

धनगढी । सर्प दंशबाट हुने मानवीय जोखिम न्यूनीकरण गर्न कैलालीको बर्दगोरिया गाउँपालिकाले दोदोधरा अस्पताल मार्फत जेठ २ गतेबाट सर्प दंशको निःशुल्क उपचार थाल्ने भएको छ।

यसका लागी अस्पतालले बुधवार अनुमति प्राप्त गरेको छ भने बिहीबार औषधी आइपुग्ने छ। गर्मी याममा सर्पको जोखिम हुने तथा टोकिहालेमा समयमै उपचार नपाउँदा ज्यान नै जोखिममा पर्ने समस्यालाई मध्यनजर गर्दै यसको उपचार थालिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए।

यस अघि सर्पदंशको उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी जानु पर्ने बाध्यता थियो जुन दुरीका हिसाबले टाढा छ। बर्दगोरियामै यसको उपचार सुरु भएपछि जिल्लाको लम्किचुहा, घोडाघोडी, भजनी र गौरीगङ्गा नगरपालिका तथा महोन्याल र जोशीपुर गाउँपालिकाका नागरिकहरूले समेत सहज सेवा पाउने छन्।

सर्प दंश उपचारको व्यवस्थापन बर्दगोरिया गाउँपालिकाले गर्ने छ भने औषधी व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले गर्नेछ। सर्पदंशको उपचारका लागी अस्पताल सँग दक्ष र तालिम प्राप्त जनशक्ति पर्याप्त रहेको दोदोधरा अस्पतालका प्रमुख डा। किशोर अधिकारीका जानकारी दिए।

clock बिहिबार ०१, जेठ २०८२ ०६:३९

प्रतिक्रिया