दुर्घटनामा परी घाईते मनु शाहको लखनउको चन्दन अस्पतालको आईसियुमा उपचार जारी
धनगढी । दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेशका महामन्त्री नर नारायण शाह (मनु) को लखनउस्थित चन्दन अस्पतालको आईसियुमा उपचार शुरु भएको छ ।
शाहको खतरामुक्त रहेको अस्पतालले जनाएको छ । टाउकोको सीटीस्क्यान गर्दा रगत जमेको पाईएको बताईएको छ । उनलाई तीन दिन आईसियुमै राखेर उपचार गरिने शाह निकट सुवास पडालले बताए ।
नियमित स्वास्थ्य जाँचका लागि सपरिवार आईतवार धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी बिहान करीव ११ बजे भारतको खिरी जिल्लाको खुटारमा गम्भीर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी शाह सहित उनकी पत्नी ईशु, छोरी आभ्या, आमा नर्मदा, बहिनी मधु राणा र ज्वाई प्यारु राणा घाईते भएका थिए ।
तत्काल उद्दार गरी खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँ उपचार संभव नभएपछि शाहजहाँनपुर लगिएको थियो ।
शाहजहाँनपुरको अस्पतालले लखनउ रेफर गरेको थियो । शाह सहित घाईते सबैको चन्दन अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया