सुदूरपश्चिममा एमालेद्धारा लेखराज भट्टको घरबाट पुनर्निर्माण अभियान सुरू
अत्तरिया । नेकपा एमाले सुदूरपश्चिमले पुनर्निर्माण अभियान सुरू गरेको छ । प्रदेश कमिटीले जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोड गरिएका पार्टी कार्यालय र नेता–कार्यकर्ताका भवनहरूको पुनर्निर्माण तथा व्यवस्थापन अभियान सुरु गरेका हुन ।
जसअन्तरगत सोमबार नेकपा एमाले केन्द्रीय सचिव लेखराज भट्टको भवनमा पुनर्निर्माणको काम सुरु गरेर अभियान सुरु गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पुनर्निर्माण गरेर मुलुकलाई उठाउन तयार रहेको बताए ।
सोमबार प्रदेश इञ्चार्जको घर पुनर्निर्माण गर्न नेता–कार्यकर्ताहरू त्यहाँ पुगेका थिए । गत असोज २४ गते भएको जेनजी आन्दोलनको क्रममा भट्टको घरमा आगजनी गरिएको थियो । आगजनी तथा तोडफोडबाट करिब १० करोड बराबरको क्षति भएको उनले बताएका छन् ।
प्रतिक्रिया