भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन

  मङ्गलबार २१, असोज २०८२ १९:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

उनले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले काम गर्न नदिएको पनि बताएका छन् ।

‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,’ मेयर बालेनले भने, ‘कारण थियो हुलले दमकललाई काम गर्न नदिएको ।’

बालेनका अनुसार, भिड शान्त हुनासाथ महानगरको दमकल सिंहदरबार पुगेको थियो ।

‘जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८स्१५ भित्रै  काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो,’ बालेनले भनेका छन् ।

बालेनले महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने मान्यता रहेको पनि बताएका छन् ।

‘दमकल ५र२३ गते दिउँसो १स्३० देखि ५ बजेसम्म संसद् भवन अगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो,’ बालेनले भनेका छन्, ‘न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो ।’

२४ गते बिहानै देखि कुनै पनि दमकल सञ्चालनमा आउन नसकेको र राति ८ देखि १ बजेसम्म काम गरिहरेको उनले दाबी गरेका छन् ।

clock मङ्गलबार २१, असोज २०८२ १९:१७

प्रतिक्रिया