यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

  बुधबार २४, जेठ २०८० १८:१८

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले कृर्षिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ । 

प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । 


यस्तै प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

 

वार्षिक नीति तथा कार्यक्रम_0.pdf

clock बुधबार २४, जेठ २०८० १८:१८

प्रतिक्रिया