कैलाली बहुमुखी क्याम्पसमा आज शोक बिदा
धनगढी । कैलाली बहुमुखी क्याम्पसमा आज शोक बिदा दिइएको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायको तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी संगिता रानाको निधनमा आईतबार (आज) शोक बिदा दिइएको क्याम्पसले एक सूचना मार्फत जनाएको छ।
क्याम्पस प्रमुख तोयराज भट्टले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएका हुन्। क्याम्पसले रानालाई श्रद्धाञ्जली दिदै शोकाकुल परिवारमा धैर्यधारणको कामना समेत गरेको छ।

 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया