स्वर्णिम शिक्षा सदनमा फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
धनगढी । धनगढी –३ स्थित स्वर्णिम शिक्षा सदनले फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । क्रिसमस डेको अबसरमा विद्यालय प्राङ्गणमा फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीले बनाएका विभिन्न परिकार प्रदर्शनीमा राखिएको थियो भने बिद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कक्षागत पढाईसगैं ब्यवहारिक ज्ञानमा जोड दिँदै विद्यालयले उक्त कार्यक्रम गरेको प्रिन्सिपल उषा पाण्डे पाठकले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष विद्यार्थी अन्र्तनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यसखाले रचनात्मक कार्य गर्दै आएको उहाँको भनाई छ ।
फुड फेस्टिभलबाट विद्यार्थीले कुन परिकार कसरी पकाईन्छ, त्यसमा प्रयोग हुने सामाग्री लगायतका ब्यवहारिक ज्ञान समेत पाएको पाठकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस किसिमको रचनात्मक क्रियाकलापमा विद्यार्थीहरुले बढी ध्यान दिन्छन् ।’
विद्यार्थीलाई शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँदै असल नागरिक निर्माण गर्ने उद्देश्य लिएको उहाँ बताउनुहुन्छ । अनुभवी शिक्षक शिक्षिकाको टिमले विद्यार्थीलाई सिर्जनात्मक बनाउने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी शिक्षण गर्दै आएको उहाँको भनाई छ ।

बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत वार्षिक क्यालेण्डर अनुसार आयोजित सोही फेस्टिबलमा विद्यार्थीहरुले बिरयानी, पकौडा, पुरी अचार, खिर, चटपट, पानी पुरी, आलु चार्ट जस्ता परिकारहरु तयार गरेर बिक्री वितरण गरेका थिए ।
विद्यार्थीहरुले आंफै पकाई, ग्राहकहरूलाई कसरी सेवा प्रबाह गर्न सकिन्छ, कसरी खाध्य परिकार बिक्री गर्न सकिन्छ, कसरी मुनाफा आर्जन गर्ने, आर्जित मुनाफा कसरी सदुपयोग गर्ने लगायत व्यवसायिक ज्ञान व्यवहारिक रूपमा स्वयम आंफै सहभागी भै सिक्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया