धनगढी र महेन्द्रनगरमा काठमाडौं वर्ल्ड स्कुलको "नेपाल टुर" कार्यक्रम हुँदै

  आइतबार २१, जेठ २०८० १०:०४

धनगढी । शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ।

जेठ २८ गते आइतबार धनगढीको जलशा होटल र महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो।

अबको शिक्षा कस्तो हुनुपर्छ रु भन्ने विषयमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो।सो कार्यक्रममा स्कुलका चियरमेन इ।डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाल लगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रमसमेत छ।

काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौंबाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ। जेठ २८ गते हुने सो कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको बारेमा लाभ लिनका लागि स्कुलले सबैमा अनुरोध गरेको छ।

छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ। स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ।

स्कुलको पूर्वाधार र सुविधाहरूसमेत अत्याधुनिक र सुविधा सम्पन्न छन्। कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्ड स्कुलले जोड
दिँदै आएको स्कुलका चियरम्यान इ. डा. मिथिलेश कुमार झाले बताए।

clock आइतबार २१, जेठ २०८० १०:०४

प्रतिक्रिया