नागरिकता विधेयकविरुद्धको रिटमा आज सुनुवाइ

  आइतबार २१, जेठ २०८० १०:००

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते प्रमाणिकरण गरेका विवादास्पद नागरिकता विधेयकमाथि परेको रिटको आज प्रारम्भिक सुनुवाई हुँदैछ ।

गत शुक्रबार अधिवक्ता द्धय डा।सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेश आदेशबाट बदर गर्न रिटमा  भण्डारी र न्यौपानेले माग गरेका छन् ।
 

clock आइतबार २१, जेठ २०८० १०:००

प्रतिक्रिया