धनगढीको मणिलेक स्कुल द्धारा एसइई दिने विद्यार्थीको सम्मान सहित बिदाइ
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मणिलेक ईन्टरनेशनल स्कुलमा एसइई परीक्षा दिने कक्षा १० का विद्यार्थीहरूको बिदाइ गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सबै विद्यार्थीहरूलाई सम्मान गरी बिदाइ गरिएको छ ।
मणिलेक ईन्टरनेशनल स्कुलका प्रध्यानाध्यापक खडक कुवर लगायत शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई खादा र कायाको चिनो सहित सम्मान गरी एसइईमा सफलताको शुभकामना सहित बिदाइ गरेका हुन ।
स्कुलका प्रधानाध्यापक कुवरले विद्यार्थीहरूलाई एसइई परीक्षा सफलताको कामना गर्दै उज्ज्वल भविष्य निर्माण, परिवार,समाज र राष्ट्रको उदाहरणीय भएर पहिचान दिने भएकोले अनुशासित भएर अघि बढ्नु पर्ने बताए ।
मणिलेक इन्टरनेशनल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर ल्याव र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।
यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै कुवरले स्कुल भित्र बिद्यार्थिले गर्ने बिबिध गतिबिधिको निगरानी सि. सि. टी. भि. बाट समेत गर्ने गरीएको बताए ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया