सरकारी गाडीमा घुम्दै रेशम चौधरी

  शुक्रबार १९, जेठ २०८० १४:११

धनगढी । रेशमलाल चौधरी सरकारी गाडीमा घुमिरहेका छन्। टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर हालै आम माफी पाएर रिहा भएका रेशमलाल चौधरीले सरकारी सवारीको दुरुपयोग गरेको पाइएको हो।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीले टिकापुर नगरपालिकाको गाडी प्रयोग गर्दै आएका हुन्। बुधवार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न उनी नगरपालिकाकै से १ झ २९४ नम्बरको गाडीमा गएका थिए।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम सोमवार बिहान रिहा भएका थिए। राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमवार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्।

थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। सोही घटनामा दोषी ठहर भएका चौधरीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो।

clock शुक्रबार १९, जेठ २०८० १४:११

प्रतिक्रिया