ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : ३०१ विद्यार्थी नेपाल फर्किए
विराटनगर । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट ३०१ नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। उनीहरू झापाको काँकडभिट्टा, भैरहवा, विराटनगर, र वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेका हुन्।
नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयमा उत्पन्न असहज परिस्थितिका कारण विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई निष्कासन गरेको थियो।
घटनापछि विश्वविद्यालय प्रशासनले करिब ८ सय नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेर बसपार्क र रेल्वे स्टेसनमा अलपत्र छाडेको थियो ।
विद्यार्थीहरूका अनुसार साथीको शंकास्पद मृत्युपछि न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले ‘बाउन्सर’ प्रयोग गरी आक्रमण गरेको थियो । धेरै विद्यार्थीहरू आर्थिक अभाव र असुरक्षाका कारण कठिन यात्रा गर्दै स्वदेश फर्कन बाध्य भएका हुन ।
प्रतिक्रिया