सुदूरपश्चिमबाट एमालेका १२ प्रतिनिधि मनोनीत, को को परे ? (नामसहित)

  शनिबार २७, मङि्सर २०८२ १३:३६

काठमाडौं । नेकपा एमालेले आजबाट सुरु भएको ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो। जसमा सुदूरपश्चिमबाट १२ जना परेका छन्। सुदूरपश्चिमबाट पर्नेमा पत्रकारदेखि युवासम्म छन्। 

मनोनीत हुनेहरुमा अछामका शिवप्रसाद उपाध्याय, कञ्चनपुरका नरबहादुर बिक, बाजुराका हरि बहादुर रोकाय, कैलालीका प्रशान्त थापा, बैतडीकी जानकी ऐर बम, डडेल्धुराका विपिन ओझा, दार्चुलाका प्रेमसिंह धामी, कैलालीकी लोकशरी कुँवर र लक्ष्मी केसी, बझाङका बिरेन्द्र बहादुर खड्का र दिनेश नेपाली र डडेल्धुराका चक्र स्नेही रहेका छन्।

उसो त एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले भने असहमति जनाएका छन्।

clock शनिबार २७, मङि्सर २०८२ १३:३६

प्रतिक्रिया