अमेरिकाको मेरिल्याण्ड राज्यमा धुमधाम संग गौरा पर्व मनाईयो
रमेश भट्टराई / मेरिल्याण्ड अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा भव्य रुपमा गौरा पर्व मनाईएको छ । आज मेरिल्याण्ड स्थित हिन्दुबुद्ध मन्दिरमा एक भव्य कार्यक्रमका बिच गौरा पर्व मनाईएको हो । बिगतका वर्षहरु जस्तै यस वर्ष पनि सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले एक बिशेष कार्यक्रमको आयोजना गरि चौथो गौरा पर्व सम्पन्न गरेको हो । कार्यक्रममा गौरापुजन, गौरा नाच, पन्चे बाजा, फल फट्काउने, लगायत बिभिन्न सांस्कृतिक प्रस्तुतीका साथै देउडा खेलहरु पर्दशन गरिएका थिए । सुदूरपश्चिम नेपाली समाजका कार्यवाहक अध्यक्ष हरिष साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावस डिसीका आर्थिक सल्लाहकार युगराज पाण्डेय प्रमुख अतिथी तथा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याकसन बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी तथा राजदुतावासका सल्लाहकार पाण्डेयले गौरापर्व जस्ता मौलिक पहिचान वोकेका पर्वहरुले प्रवासमा पनि नेपालीहरुको कलासंस्कृति संरक्षणमा टेवा पुर्याउने भएकाले यस्ता पर्व तथा कार्यक्रमहरुले प्रवासी नेपाली समुदायमा निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिशिष्ट अतिथी तथा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याकसनले नेपाली समुदायबाट प्राप्त माया प्रेमको प्रशंसा गर्दै नेपाली समुदायको हितका लागि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताउनुभयो । यसैगरि कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै मन्दिर व्यबस्थापन समितिका अध्यक्ष डाक्टर श्याम कार्कीले सुदूरपश्चिमको मौलिक पर्व गौरा मन्दिरको आगनमा मनाउन पाएकोमा खुशि व्यक्त गर्दै आगामि दिनमा पनि गौरा पर्व लाई भव्य रुपमा सम्पन्न गर्न सुप समाज संग मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरि कार्यक्रममा बाल्टिमोर काउन्टीका प्रतिनिधि यान मा, एपीआई मिडल ईस्टर एण्ड डेजी अमेरिकन टियु सेन्टर फर स्टुडेन्ट डाईभर्सिटीका कोर्डीनेडर एकिता सेड, एसिस्टेन्ट अफ ईस्टुडेन्ट गर्भमेन्ट एसोसिएसनका ब्राएन्ट रेईज, बानाका अध्यक्ष जितेन्द्र गुरुड, मन्दिर व्यबस्थापन समितिका उपाध्यक्ष क्रिस घिमिरे, समाजका पुर्व अध्यक्ष दमनबिक्रम शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सुदूरपश्चिम समाजका अध्यक्ष बिक्रम शाही तथा समाजका सल्लाहकार भिम विकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा गौरा व्यवस्थापन समितिका संयोजक तिर्थराज पाण्डेयले गौरा पर्व वारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन भने समाजका महासचिव यज्ञ रानाले गर्नुभएको थियो । कार्यक्रममा मेरिल्याण्ड, भर्जेनिया, डिसि लगायतका राज्यबाट नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । बिशेष गरि नेपालको मध्य तथा सुदूरपश्चिमका साथै भारतको उत्तराञ्चलमा भाद्र महिनामा मनाईने यो गौरा पर्व आजभोली प्रवास पनि मनाउन थालिएको छ । तिजका दिनबाट शुरु हुने गौरा मुलतः पञ्चमीका दिनबाट चार दिन मनाईन्छ । महेश्वर र गौराविच बिवाह भएको प्रसंग यस पर्वमा जोडिएको पाईन्छ । गौरापुजन विवाहित महिलाले मात्र पुजा गर्ने भएपनि पुरुष र अविवाहित महिला पनि पर्वमा सामेल हुने गर्दछन ।
भाद्र शुक्ल पक्षमा उज्याली र कृष्ण पक्षमा अन्यारी गौरा मनाईन्छ । गौरामा निराहर व्रत वसि महिलाहरुले गौरा माताको पुजाअर्चना संगै दुबधागो परिवर्तन गर्ने गर्दछन । पुरुषहरुले जनैपुर्णिमा जनै बदले जस्तै महिलाहरुले दुबधागो बदल्ने गर्दछन । गौरा माताको व्रत बस्नाले घरपरिवारमा सुख, शान्ति तथा सम्बृद्धि बढ्ने जनबिश्वास रहिआएको छ । नेपाली समुदायलाई सास्कृतिक तथा समाजिक रुपमा एकिकृत गर्न मेरिल्याण्ड राज्यमा सुदूरपश्चिम नेपाली समाजले ४ वर्ष देखि लगातार गौरा पर्वको आयोजना गर्दै आईरहेको छ । यस पर्वलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगिदाता, शुभचिन्तक, संचारकर्मी तथा स्वयसेवकहरु प्रति सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड आभार व्यक्त गर्दछ ।
प्रतिक्रिया