योजना सम्बन्धी भेटघाट नगर्न मन्त्रालयका सचिव तथा कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

  शुक्रबार १९, जेठ २०८० ०८:४१

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कुनै पनि योजना सम्बन्धी भेटघाट नगर्न मन्त्रालयका सचिव तथा कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले एक बैठक डाँकेर सबै मन्त्री, लोकसेवा आयोग, निती योजना आयोग, सबै मन्त्रालयका सचिव तथा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्।

मुख्यमन्त्री शाहले आगामी २०८०/०८१ को बजेट वक्तव्य नहुन्जेलसम्म योजना सम्बन्धी अनावश्यक भेटघाट नगर्न सबैलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

clock शुक्रबार १९, जेठ २०८० ०८:४१

प्रतिक्रिया