धनगढीको कैलाली मोडेलले मनायो २९ औँ वार्षिकउत्सव

  शनिबार १०, फागुन २०८१ २२:०७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका– ४ मा रहेको कैलाली मोडेलको २९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। 

विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंह अध्यक्षतामा सम्पन्न वार्षिकउत्सव कार्यक्रममा स्कुलका संस्थागत फाउन्डर  मदनराज भट्टको प्रमुख आतीथ्यमा सम्पन्न भएको हो।

प्रमुख अथिती भट्टले कैलाली मोडेलले सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताए । उनले कैलाली मोडेललाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि तत्कालिन समयमा आफूहरुले स्थापना गरेको र हालका प्राचार्य तपेन्द्र सिंह लगायत सिंगो टिमले विद्यालयलाई यो स्थानसम्म ल्याइपुर्याएकोमा आफूलाई अत्यन्तै खुशी लागेको बताए ।
 कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रमुख अतिथि पाण्डेले प्रमाणपत्र तथा मेडल प्रदान गरे । वार्षिकउत्सवका अवसरमा विद्यार्थीले गायन, नृत्यका साथै विभिन्न काला ,संस्कार, संस्कृति सँग सम्बन्धित कार्यक्रम प्रस्तुत गरेका थिए । 

clock शनिबार १०, फागुन २०८१ २२:०७

प्रतिक्रिया