धनगढीको एसियन व्यवस्थापन कलेजले मनायो  १८औं वार्षिकोत्सव

  शनिबार १०, फागुन २०८१ २१:४४

धनगढी । कैलालीको धनगढीमा रहेको एसियन व्यवस्थापन कलेजले १८औं वार्षिकोत्सव मनाएको छ । धनगढीमा विविध कार्यक्रम गर्दै कलेजले वार्षिकोत्सव मनाएको हो । 

कलेजका अध्यक्ष रमेश पन्तको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रण पुष्पराज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतिसंगै वार्षिकोत्सव अवसरमा आयोजित खेलकुद र अतिरिक्त क्रियाकलापमा विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 

लामोसमय काठमाडौंमा सञ्चालन भएको कलेज ०७९ सालमा धनगढीमा स्थानान्तरण भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजमा बीबीएस र बीए संकायमा अध्यापन हुँदै आएको छ । 

अध्यक्ष पन्तका अनुसार सुदूरपश्चिममै गुणस्तरीय शिक्षा तथा रोजगारमूलक शिक्षा प्रदानको लागि कलेज स्थापना गरिएको बताए । ‘शिक्षासहितको रोजगार, उज्ज्वल भविष्यको आधार’ भन्ने नारा लिएको कलेज धनगढी उपमहानगरपालिका–४ उत्तरवेहेडीमा छ । 

एसियन व्यवस्थापन कलेजले मनायो वार्षिकोत्सव

clock शनिबार १०, फागुन २०८१ २१:४४

प्रतिक्रिया