चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा

  बिहिबार ०८, फागुन २०८१ १६:३७

धनगढी । कैलालीको धनगढीमा रहेको शिक्षा र संस्कारको संङगम, प्रकृति र संस्कृतिको सम्मान, वेद र विज्ञानको संयोजन चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन ।

करिव ३७ वर्ष लामो समय देखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा आज देखि चैतन्य पाठशालाको प्राचार्यको रुपमा सक्रिय हुनु भएको छ ।

बिद्यालयको बिहानी शत्रको कार्यक्रममा औपचारिक कार्यक्रमको आयोजना गर्दै वैदिक विधि विधान सहित वहालाई प्राचार्यको जिम्मेवारी दिइएको हो । नव नियुक्त प्राचार्यलाई पाठशालाले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

नव नियुक्त प्राचार्य ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको सुखद क्षणलाई आत्मसाथ गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कुष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने आफ्नो प्रयास रहने शुभाव ब्यक्त गरे ।

विगत चार दशक देखि शिक्षण र शैक्षिक संस्थाहरुको नेतृत्व गरिरहनु भएका अनुकरणिय शैक्षिक व्यक्तित्व ओझाले बिगत लामो समय धनगढीको ऐश्वर्या स्कुलको प्राचार्यको रुपमा रहेका थिए ।

नव नियुक्त प्राचार्य ओझालाई शुभकामना दिदै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशाला कितावी ज्ञान भन्दा जीवन निर्माणको शिक्षामा जोड दिदै आएको र चैतन्यले जिवन उपयोगी सिप प्रदान गर्ने समेत बताए ।

उनले चैतन्यको लक्ष्य प्राप्तीमा अवको दिन अझ उत्कृष्ट र सहज हुने आफ्नो आशा रहेको बताए । पाठशाला स्थापनाकाल देखि नै सुदूरपश्चिममै नौलो र छुट्टै पहिचन बनाउन सफल भएको पाठशाला हो ।

clock बिहिबार ०८, फागुन २०८१ १६:३७

प्रतिक्रिया