महाकुम्भ मेलामा कांग्रेस सभापति देउवा सहभागी नहुने
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकुम्भ मेलामा सहभागी नहुने भएका छन्।
इन्डिया फाउण्डेसनले भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा आउन कांग्रेस सभापति देउवालाई निमन्त्रणा पठाएको थियो।
स्रोतका अनुसार देउवा प्रयागराजमा ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी’ कार्यक्रममा सहभागी हुने तय भएको थियो।
देउवाले कुम्भ स्नान गर्ने र वक्ताका रुपमा सहभागी हुन लागेका थिए। अन्तिम समयमा आएर उनले भ्रमण रद्द गरेका छन्। उनले भ्रमण किन रद्द गरे भन्ने विषय भने खुलेको छैन।
प्रतिक्रिया