माओवादीका सुदूरपश्चिमको इन्चार्जमा पोखरेल तथा सह–इन्चार्जमा खगराज र बिना

  सोमबार २८, माघ २०८१ ०७:४६

धनगढी । नेकपा (माओवादी केन्द्र) ले नेताहरूको जिम्मेवारी बाँडफाँट र कार्यविभाजन गरेको छ। गत माघ २१ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी तोकेको हो।

शनिबार महासचिव देवप्रसाद गुरुङ्गले पार्टीपंतिलाई पठाएको अन्तरपार्टी निर्देशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको कार्यविभाजन गरेको उल्लेख छ। 

नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ। जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ।

महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी गिरिराजमणि पोखरेललाई दिइएको छ भने सह-इन्चार्जको जिम्मेवारी खगराज भट्ट र बिना मगरलाई दिइएको छ।

पोखरेल यस अगाडि पनि सुदूरपश्चिम इन्चार्ज थिए भने खगराज भट्ट संसदीय दलमा नेताबाट निकालिएका थिए। उनले अहिले जिम्मेवारीलाई हर्ष न बिस्मातको रुपमा लिएका छन्।

clock सोमबार २८, माघ २०८१ ०७:४६

प्रतिक्रिया