ग्रामीण तथा पिछडिएका क्षेत्रको विकासमा विशेष जोड दीन्छु – परराष्ट्रमन्त्री राणा
धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ग्रामीण तथा पिछडिएका क्षेत्रको विकासमा पहल गर्ने बताउनुभएको छ । उपमहानगरपालिकाले विभिन्न वडामा निर्माण सम्पन्न आयोजनाको उद्घाटन र सुरु हुने आयोजनाको शिलान्यासका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘धनगढी उपमहानगरपालिकाका १९ वडामध्ये कम विकसित वडाहरूको विकासमा पहल थाल्छु,’ मन्त्री राणाले भन्नुभयो, ‘विकास निरन्तर चल्ने प्रक्रिया हो, समय अनुसार विकासले गति लिनु पर्दछ, मैले धनगढीको विकासकका लागि पहल गरिरहेको छु, फेरि पनि प्राथमिकताका आधारमा विकास गर्नेछु ।’
उद्घाटन तथा शिलान्यासकै सिलसिलामा वर्तमान शिक्षा क्षेत्रमा देखिएकम समस्या समाधान गर्न नेपाल सरकार क्रियाशिल रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘शिक्षाले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, असल शिक्षाले असल चेतना र असल नागरिक उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, तसर्थ शिक्षा क्षेत्रको विकासका लागि म तयार छु तपाईंहरू सरोकारवालाहरू पनि तयार हुनु पर्छ ।’’
परराष्ट्रमन्त्री डा। राणाले धनगढी उमहानगरपालिका–२ को वडा कार्यालय भवन, वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको आठ कोठे पक्की भवन, वडा नम्बर १७ स्थित दमौलिया झोलुङ्गे पुल, वडा नम्बर ११ मा रहेको जोकैया पक्की पुलको उद्घाटन गर्नु भएको छ ।
यस्तै, वडा नम्बर १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयको आठ कोठे पक्की भवनको शिलान्यास कार्यक्रमसँगै नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको लागु पदार्थ दुव्र्यसनीविरुद्ध पैदल यात्राका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।
योजना उद्घाटन तथा शिलान्यास समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका प्रदेशसभा सदस्यहरू, सुदूरपश्चिम प्रदेशकी योजना आयोगकी उपाध्यक्ष जीवन राना, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला कुमारी राना लगायतको सहभागिता रहेको थियो ।
विकास योजनाहरूको उद्घाटन तथा शिलान्यास गर्न धनगढीका वडा–वडामा पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणालााई वडावासीहरूले विभिन्न समस्या राख्दै ज्ञापन पत्र बुझाएका थिए । २५ गते नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुन धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा। राणा विभिन्न सार्वजनिक कार्यक्रममा सक्रियता जनाइ रहनुभएको छ ।
प्रतिक्रिया