रेशम चौधरीको रिहाई रोक्न सर्वोच्चमा रिट

  आइतबार १४, जेठ २०८० १८:४८

धनगढी । टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर जन्मकैद भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले रिट पेश गरेकी हुन् । अदालत प्रशासनले रिटको अध्ययन गरिरहेको बताइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

बोहराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् । राष्ट्रपतिले उनको निवेदनमा ‘कार्यार्थ’ तोक लगाएर गृहमन्त्रालय पठाएका थिए ।

सम्बन्धित शिर्सक
clock आइतबार १४, जेठ २०८० १८:४८

प्रतिक्रिया