२०८४ को चुनावअघि सशक्त दल घोषणा हुन्छ : भीम रावल

  आइतबार २७, माघ २०८१ ०७:५६

धनगढी । मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले २०८४ को चुनावअघि सशक्त दल गठन गर्ने घोषणा गरेका छन्। 

शनिबार मातृभूमि जागरण अभियानको धनगढीमा सम्पन्न कैलाली–कञ्चनपुरको जागरण भेलालाई सम्बोधन गर्दै रावलले अभियानमार्फत कसरी अघि बढ्ने भन्ने विषयमा देशव्यापी छलफल गरिरहेको बताए ।

सिद्धान्तबाट विमुख एमालेमा देखिएको गलत प्रवृतिलाई परास्त गर्न आफूले नयाँ पार्टी खोल्ने आँट गरेको उनले स्पष्ट पारे।

आफूले गठन गर्ने पार्टीमा देशको हित चाहने, देशलाई सर्वोपरी ठान्ने सबै दल र कार्यकर्ता अटाउने उनको भनाइ छ।

clock आइतबार २७, माघ २०८१ ०७:५६

प्रतिक्रिया