कञ्चनपुरका विपिनको रिहाइका लागि इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको फोनवार्ता
काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका युवक विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्ीसँग फोनवार्ता गरेकी छन । विपिनको रिहाइका लागि कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सँग फोनवार्ता गरेकी हुन ।
फोनवार्ताका क्रममा हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको परराष्ट्रमन्त्रीको निजि सचिवालयले जनाएको छ । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको पनि सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।
हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया