सुदूरपश्चिमका मन्त्री झपटलाई स्वस्तिकामा दिइन् ‘प्याड’ उपहार

  आइतबार १४, जेठ २०८० ११:४५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले युवाहरुलाई स्यानिटरी प्याड प्रदान गरेका छन्।

आज (आइतवार) धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा मन्त्री साउदले युवाहरुलाई प्याड वितरण गरेका हुन्।

उनले कार्यक्रममा ९ जना युवकलाई प्याड वितरण गरेका थिए। महिला मात्र नभएर पुरुषहरु पनि महिनावारीको सवालमा उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीले प्याड वितरण गरिएको बताइएको छ।

मन्त्री साउदलाई स्वस्तिका खत्रीले प्याड उपहार दिएकी थिइन् । उनीबाट प्राप्त भएकै प्याड मन्त्रीले युवाहरुलाई दिएका हुन् ।

clock आइतबार १४, जेठ २०८० ११:४५

प्रतिक्रिया