फेरि टिकटक बन्द नगर्न प्रधानमन्त्रीलाई अंशु वर्मा र मिस पविको सुझाव

  बिहिबार २४, माघ २०८१ २१:३२

काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका अंशु वर्मा र मिस पवि (पवित्रा शाँकी) सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् ।

बिहीबार साँझ भेट भएको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले उनीहरूबाट अघिल्लो सरकारले जसरी टिकटक बन्द नगर्न सुझाव आएको बताएका छन् ।

‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’

पछिल्लो पटक सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता भएपछि आलोचना बढ्दै गएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै विरोध सुरु भएको हो ।

बिहीबार बसेको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले पनि यसबारे कुरा उठाएकी थिइन् । उनले कन्टेन्ट क्रियटरलाई भेटेर सरकारले यस विधेयकबारे छलफल गर्नपर्ने धारणा राखेकी थिइन् ।

clock बिहिबार २४, माघ २०८१ २१:३२

प्रतिक्रिया