भीमको अर्धशतकमा अत्तरीयाको विजयी सुरुवात

  आइतबार २०, माघ २०८१ १३:४४

धनगढी । भीम सार्कीको अर्धशतकमा सिवाईसी अत्तरियाले अर्जुन ट्रफीमा विजयी सुरुवात गरेको छ ।

अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमी बैतडीलाई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । दशरथका लागि हिमाल दुलियाले सर्वाधिक ३९ रन जोडे । उनले ३३ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

 

बसन्त खत्रीले १४ बलमा २ छक्काको सहयोगमा २३ रन जोडे । सुमित बडालले ९ बलमा २ छक्काको सहयोगमा १८ रन जोडे । सलाउद्दिन खान तथा दिपक बोहोरा समान १० रनमा आउट भए ।

 

अत्तरियाका लागि विवेक यादवले ४, साहब आलम र कमल गुप्ताले समान २ तथा दिपेश कडेलले १ विकेट लिए । अर्जुन ट्रफीमात्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

 

अत्तरियाका लागि भीमले नट आउट रहँदै सर्वाधिक ७० रन जोडे । उनले ३३ बलमा ६ चौका र ४ छक्काको प्रहार गरे । चौथो विकेटका लागि भीम र विवेक यादवले नट आउट १ सय रनको साझेदारी गरे । विवेकले १७ बलमा ३ चौकाको सहयोगमा नट आउट २५ रन जोडे ।

ओपनर तृत राज दासले ३४ बलमा ३० रन जोडे । अर्का ओपनर तथा कप्तान सन्तोष कार्कीले ६ तथा शंकर राना २५ रनमा आउट भए । दशरथका लागि अमरसिंह राउटेलाले २ तथा रुपेश सिंहले १ विकेट लिए ।

clock आइतबार २०, माघ २०८१ १३:४४

प्रतिक्रिया