प्रधानमन्त्री जेठ १७ गते भारत भ्रमणमा जाने

  शनिबार १३, जेठ २०८० १२:०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन्।

प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। उनले जेठ १८ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोदीले द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू,  नेपाल सरकारका उच्च अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाल लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण हो।

clock शनिबार १३, जेठ २०८० १२:०२

प्रतिक्रिया