सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा विशेष छुट

  शनिबार १९, माघ २०८१ ०८:१७

धनगढी ।  कैलालीको सैपाल ग्याँस प्रा.लि. का ग्राहकलाई अत्तरिया हस्पिटल ले विभिन्न सेवामा विशेष छुट दिने भएको छ।

गोदावरी नगरपालिका–१ मा रहेको हस्पिटल र सैपाल ग्याँस प्रा.लि. बीच सम्झौता भएसँगै ग्राहकहरूले उपचारमा राहत पाउने भएका छन्।

सम्झौताअनुसार सैपाल ग्याँसका ग्राहकले नियमित ओपीडी सेवामा ५० प्रतिशत छुट पाउनेछन्। साथै, इन्डोस्कोपीमा २० प्रतिशत तथा इको, बेड भर्ना, एक्सरे, इसीजी, प्याथोलोजी, सर्जरी, आइसीयु, एनआइसीयु र क्याबिन सेवामा १० प्रतिशत छुट उपलब्ध गराइनेछ।

सैपाल ग्याँस प्रा।लि। ले अन्य अस्पतालहरूसँग पनि यस्तै सहकार्यको योजना अघि बढाउने जनाएको छ। छुट प्राप्त गर्न सैपाल ग्याँस ग्राहक कार्ड अनिवार्य गरिएको छ।

No description available.

clock शनिबार १९, माघ २०८१ ०८:१७

प्रतिक्रिया