सुदूरपश्चिम प्रदेशसभाको बैठक आजदेखि सुरु हुने

  शनिबार १३, जेठ २०८० १०:१२

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आजदेखि सुरु हुने भएको छ । प्रदेश सभा बैठकमा बजेटका प्राथमिकताका विषयमा छलफल हुने भएको हो । बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकको पूर्व सन्ध्यामा आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिममा कार्यरत वैङ्कक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरू सँग हिजो सुझाव मागेका थिए ।

शुक्रवार मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा गरिबी निवारण तथा आर्थिक उत्थानसँग सम्बन्धित चुनौती तथा समस्या सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २०८०/८१ को पूर्व बजेट छलफल तथा सुझाव संकलन गरेका थिए । 

सुदूरपश्चिम प्रदेश भित्र काम गर्ने सम्पूर्ण वैङ्कहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको आर्थिक मामिला मन्त्री  नरेश कुमार शाहीको सचिवालयले जानकारी दिएको छ  ।

सुदूरपश्चिम प्रदेशको गरिबी निवारण सँगै सुदूरपश्चिम प्रदेशको समृद्धिमा वैङ्कक तथा वित्तीय संस्थाहरूको भूमिका के हुन सक्छ र सुदूरपश्चिम प्रदेशले ल्याउने नीति तथा कार्यक्रमको विषयमा अग्रिम सुझाव समेत मन्त्रालयले मागेको छ  । कार्यक्रमका अधिकांश सहभागीले पर्यटन, कृषि र जलविद्युतलाई पहिलो प्राथमिकता राखेर नीति तथा कार्यक्रम  निर्माण गर्नु पर्ने सुझाव दिएका छन् ।

clock शनिबार १३, जेठ २०८० १०:१२

प्रतिक्रिया