आयुर्वेद चिकित्सालयमा सेवाग्राहीको आकर्षण बढ्दै

  बुधबार १६, माघ २०८१ ०८:३७

धनगढी । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयमा सेवाग्राहीहरु बढ्दै गएका छन् । चिकित्सालयले प्रदान गर्दै आएको वहिरंग सेवा, योग चिकित्सक सेवा, पंचकर्म लगायतका सेवामा नागरिकको आकर्षणमा सुधार भइरहेको जनाएको हो ।

 चिकित्सालयमा चालु आर्थिक वर्षको पुसमसान्तमा आठ हजार सात सय ८३ जनाले पंचकर्म, ६२ जनाले शल्यचिकित्स सेवा, दुई हजार आठ सय ६३ ज्येष्ठ नागरिकलाई सेवा, आठ हजार चार सय २६ जनालाई बहिरंग सेवा प्रदान गरिएको जनाइएको छ ।

चिकित्सालयका मेडिकल सुपरिटेण्डेण्ट  डा. राम्कमेश्वार ठाकुरले आयुर्वेद सेवालाई प्रभावकारी बनाउन र चिकित्सालयप्रति आम नागरिकको विश्वास बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताए । 

उनले भने –‘अझै पनि आम नागरिकले आयुर्वेद सेवाप्रति विश्वास गर्न सकेका छैनन् । जसका कारण यहाँ आउने सेवाग्राहीको संख्या सन्तोषजनक बन्न सकेको छैन् । यसको महत्व र जानकारी नहुँदा सेवाप्रवाह प्रभावकारी बनाउन सकिएको छैन् ।’

चिकित्सालयका व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले चिकित्सालयमा सेवाग्राहीको संख्या बढाउन चिकित्सालयले जनप्रतिनिधि, नागरिक समाज र वडा तथा टोलहरुमा अभियान गरिरहेको बताए ।

clock बुधबार १६, माघ २०८१ ०८:३७

प्रतिक्रिया