नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा
धनगढी । नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर उपचार सेवाको दायरा विस्तार गरेको छ । १ माघदेखि अस्पतालले धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ।
‘क्लिनिकको स्थापना क्यान्सरका बिरामीहरूको उचित हेरचाह सुनिश्चित गर्न र क्यान्सर उपचार सेवाको पहुँचलाई देशव्यापी बनाउनको लागि गरिएको हो,’ अस्पतालले भनेको छ, ‘धनगढी र आसपासका क्षेत्रमा बसोबास गर्ने क्यान्सरका बिरामीहरूले अब उपचार र डाक्टरहरूको परामर्शका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेर धनगढीमै सहज सेवा प्राप्त गर्न सक्नेछन्।’
धनगढी—१, हस्पिटल लाइनमा अवस्थित अस्पतालको क्लिनिकले परामर्श, उपचार, र फलोअप सेवाहरू प्रदान गर्नेछ।
प्रतिक्रिया