स्वास्थ्य अनुसन्धान परिषद्को सुदूरपश्चिम शाखा खुल्ने, काउन्सीलरमा डा. अन्सारी नियुक्त

  शुक्रबार ०४, माघ २०८१ ०७:३४

धनगढी । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सुदूरपश्चिम प्रदेश स्तरीय शाखा स्थापना हुने भएको छ । उक्त शाखा स्थापनाका लागि परिषद्ले काउन्सीलर नियक्त समेत नियुक्ती गरिसेको छ । स्वास्थ्य अनुसन्धान परिषद् सुदूरपश्चिमको संयोजक (कान्सीलर) मा डा. मेराज आलम अन्सारी नियुक्त गरेको हो ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जनरल सर्जरी डा अन्सारीलाई सुदूरपश्चिमको संयोजकमा नियुक्त गरेका हुन् । डा. अन्सारी निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर समेत हुन ।

स्वास्थ्य अनुसन्धान परिषद्ले सुदूरपश्चिम स्तरीय शाखा स्थापना गरेपछि यस क्षेत्रका चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धान गर्न सहज हुने भएको छ ।

परिषद्ले अन्य ६ वटै प्रदेशमा शाखा स्थापना गरिसकेको छ । अब सुदूरपश्चिम परिषद्ले काउन्सीलर नियक्त गरे सँगै स्वास्थ्य परिषद्को शाखा खुल्ने बताबरण भएको काउन्सीलर अन्सारीले जानकारी दिए ।

clock शुक्रबार ०४, माघ २०८१ ०७:३४

प्रतिक्रिया