सुदूरपश्चिमका माननीय अक्कल रावल पार्टी नेतृत्वप्रति असन्तुष्ट, दलाली गरेको आरोप

  बिहिबार ११, जेठ २०८० १३:०४

धनगढी । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल रावलले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। उनले  सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका हुन्।

उनी सुदूरपश्चिम सरकारको क्याबिनेटमा माओवादी कोटाबाट मन्त्री बन्ने लाइनमा थिए। तर, उनी मन्त्री बन्न पाएनन्। त्यसपछि उनले पार्टीमा दलालहरूको वर्चस्व बढेको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘दलाली गर्नेलाई योग्य र स्वाभिमानीलाई अयोग्य,नयाँ दासहरु स्विकृत र पद्धतिको कुरा गर्ने दन्डित,बैमानलाई पुरस्कृत र इमानलाई तिरस्कृत गर्ने तथा अदृश्य अरु कुनै सिद्वान्त बमोजिमको तिम्रो मापदन्ड हो भने यहि कुरा अब पार्टी बिधानमा लेख र सस्थागत गर।त्यसो होइन भने यो कुराको पनि ख्याल राख कि तिम्रो योग्यताको परिक्षा लिन कुनै आइतबार पर्खनु पर्ने छैन।पाखन्डहरुको कुरुप तस्वीर पर्दा च्यातिदा छर्लङ्ग भइहाल्छ नि!’

No description available.

clock बिहिबार ११, जेठ २०८० १३:०४

प्रतिक्रिया