नोभा अस्पताल धनगढीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धनगढी । नोभा अस्पताल धनगढीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कञ्चनपुरको ब्रह्मदेवमा रहेको सिद्धनाथ माद्यामिक विद्यालयको प्राङ्गणमा सो शिविर शनिवार सम्पन्न भएको हो।
धनगढीको नोभा अस्पतालका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर दिप पोख्रेल (एमबिबिएस र एमएस) सहितको टोलीद्वारा हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, पित्तथैलीको पत्थरी लगायत विभिन्न शारीरिक समस्याहरूको परीक्षण र आवश्यक परामर्श तथा सर्जरीको सुविधा निःशुल्क रूपमा प्रदान गरिएको छ।
उक्त शिविरमा १ सय भन्दा बढी बिरामीहरूले सर्जरीसम्बन्धी स्वास्थ्य लाभ लिएको अस्पतालले जनाएको छ। यस शिविरबाट दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएको जनाइएको छ।
धनगढीबाट वरिष्ठ चिकित्सकहरू आएर आफ्नै गाउँ घरमा विशेषज्ञ सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुसी व्यक्त गरेका थिए। अस्पतालले आगामी दिनमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया