परशुराम नगरपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माविलाई
डडेल्धुरा । परशुराम नगरपालिकाको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी नमूना मावि परिगाउँले जितेको छ । वडा नं. ५ को रिगाउँ महाकाली नदी किनारमा अवस्थित भुनवेश्वरी नमुना माविले विभिन्न विधाका प्रतियोगितामा २७ स्वर्ण १० रजत र ४ कास्य पदक जिन्दै उपाधी हात पारेको हो ।
उपाधीसँगै भुवनेश्वरी नमूना माविले नगद ३५ हजार रुपियाँ पनि हात पारेको छ । शनिवार सम्पन्न प्रतियोगितामा भागेश्वर मावि कटाल ९ स्वर्ण, २ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ३ रजत र १ कास्य पद जित्दै शिद्धनाथ मावि जयपुर जोगबुडा तेस्रो भएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ६ कास्यसहित सिताराम मावि कुरमुल्ले चौथो हुदा २ स्वर्ण, २ रजत र ४ कास्यसहित जनज्योति मावि गाइबाधे पाँचौ स्थानमा रहेको छ । २ स्वर्ण, २ रजत र ३ कास्य पदकमा जित्दै शिद्धनाथ मावि चन्दनी छैटौं स्थानमा छ ।
यता भागेश्वर मावि सलौनले १ स्वर्ण, ८ रजत र ३ कास्य पदक जित्दा सातौ स्थानमा छ । आठौं स्थानमा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित बैजनाथ मावि जमरानी छ । शैलेश्वरी मावि तुलाभाडिले १ स्वर्ण, ५ रजत र २ कास्य पदक हात पारि नवौ स्थानमा रहेको छ । १ स्वर्ण, १ रजत र २ कास्यसहित शिवपार्वती मावि पोखरी दशौं स्थानमा छ।
एघारौं स्थानमा कैलपाल मावि बोडाले ३ रजत र ५ कास्य जितेको छ । बाह्रौ स्थानमा २ रजत र २ कास्य जितेको भागेश्वर मावि बशौटी र शिवसंकर मावि सादनि छन् । तेह्रौं स्थानमा ३(३ कास्य जित्न सफल भागेश्वर मावि शिर्ष र बैजनाथ मावि सलेता रहेको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक देव बहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार ग्रिनभ्याली इङ्गलीस बोर्डिक स्कुल जोगबुडा र शिद्धनाथ मावि परशुराम ७ मलासले कुनै विधामा पनि स्थान सकेनन् ।
प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस् २५ हजार, १५ हजार र १० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०८१(०८२ को स्वीकृत कार्यक्रम अन्तरगत हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्गमैदानमा भएको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक बोहराले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा परशुराम नगरपालिकाका सामुदायिक र संस्थागत गरि १७ वटा माविहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिव ९ सय बढि छात्र, छात्रा सहभागी भएका थिए ।
बिहिवार सामाजिक विकास समिति संयोजक तथा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक देव बहादुर बोहराको अध्यक्षता एवं नगर प्रमुख भरत बडायर जोशीको प्रमुख आतिथ्यतामा रनिंग शिल्ड प्रतियोगिता उदघाटन भएको थियो । शनिबार डडेल्धुरा जिल्ला समन्वय समिति सदस्य लिला धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको छ ।
शनिवार नै नगरपालिकाले परशुराम नगरपालिकाको आधीकारिक महिला, पुरुष भलिबल र कबड्डि खेलको टिमसमेत घोषणा गरेको छ । प्रतियोगिता अवधिमा विभिन्न विधामा सहभागी उत्कृष्ट खेलाडीलाई समेत ट्रफिद्वारा सम्मान गरिएको थियो ।
प्रतिक्रिया