धनगढीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ नम्बर वडा र स्वस्तिक अस्पतालको आयोजनामा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
धनगढीको ३ नम्बर वडा कार्यालय र स्वस्तिक अस्पताल प्रालीको संयुक्त आयोजनामा यही पुस २ र ३ गते निःशुल्क वृहत् स्वास्थ्य शिविर हुने भएको हो।
२ दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, विभिन्न रोगको उपचार सेवा, स्वास्थ्य सम्बन्धी परामर्श र विशेषज्ञ डाक्टरलाई भेट्न सकिने अस्पतालले जनाएको छ।
स्वास्थ्य शिविर धनगढी उपमहानगरपालिका(३ को सहिद गेट नजिक रहेको स्वस्तिक अस्पताल परिसर मा हुने जनाइएको छ।
प्रतिक्रिया