ओलीले सोधे– लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको अवस्था सुरक्षित छ ?

  आइतबार ०७, जेठ २०८० १३:१४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सीमा जोडिएको क्षेत्र लिम्पियाधुरा, कालापानी र लिपुलेकको अवस्थाबारे चासो राखेका छन् ।

संसद बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई सोधे, ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको अहिलेको अवस्था के छ ? सुरक्षित छ ?’ नीति तथा कार्यक्रममा सरकारले यसबारे केही नबोलेको उनले बताए ।

‘कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचार आएको छ । यथार्थ के हो ? सदनमार्फत जानकारी गराउनु पर्दैन ? सदनलाई जानकारी गराउन माग गर्दछु,’ उनले भने ।

देशको भूगोल खुम्चियो भन्दा आफूलाई फाँसी दिनुपर्छ भनिएको उनले बताए । ‘देशको सीमामा बोल्दा फाँसी दिनुपर्छ भनियो । सरकारको पनि नीति त्यस्तो हो,’ उनले भने ।

clock आइतबार ०७, जेठ २०८० १३:१४

प्रतिक्रिया