धनगढीको नवजिवन अस्पताललाई प्रधानमन्त्रीबाट प्रशंसा पत्र

  बुधबार १२, मङि्सर २०८१ ०७:३९

धनगढी । धनगढीको नवजिवन अस्पताललाई प्रधानमन्त्री केपी सर्मा ओलीले प्रशंसा पत्र प्रदान गरेका छन् । सामाजिक सुरक्षा कोषद्वारा आयोजित सातौँ सामाजिक सुरक्षा दिवशको अवसरमा नवजिवन अस्पताललाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्र प्रदान गरेका हुन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भई आर्थिक बर्ष २०८०÷८१ मा योगदानकर्ताहरुलाई निरन्तर सेवा प्रवाह गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मध्ये सुदुरपश्चिममा सबैभन्दा बढी सेवा दिन सफल भएको भन्दै सामाजिक शुरक्षा कोष थापाथली काठमाण्डौँले अस्पताललाई प्रशंसा पत्र प्रदान गरेको हो ।

सामाजिक सुरक्षा कोषमा आबद्ध अस्पतालहरु मध्ये सुदुरपशिचममा नवजिवन अस्पतालले सबैभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको थियो । सातौँ सामाजिक सुरक्षा दिवशको अवशरमा कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी सर्मा ओलीबाट अस्पताललाई प्रशंसा पत्र प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले नवजिवन अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतलाई प्रशंसा पत्र प्रदान गरेका थिए । सामाजिक सुरक्षा कोषले नवजिवन अस्पतालको कामलाई मुल्याकंन गरी प्रशंसा गरेकोमा अस्पतालका कार्यकारी निर्देशक खडायतले धन्यवाद दिए । अस्पतालले आगामी दिनमा आफ्ना सेवालाई थप चुस्त र दुरुस्त पार्ने खडायतले स्टेटसेभेनलाई बताए ।

नवजिवन अस्पताल २०६२ साल फाल्गुन १७ गते स्थापना भई हालसम्म निरन्तर बिषेशज्ञसहित स्वास्थ्य उपचारका सेवा प्रदान गरिरहेको छ । स्थापना कालमा १५ शैयाको अस्पतालको स्वीकृती लिई २०६८ सालबाट स्वास्थ्य सेवा बिभागबाट ५० शैयाको सञ्चालन स्वीकृती लिएको नवजिवनले २०७९ असोजदेखी १०० शैयाबाट उपचार सेवा प्रदान गरिरहेको छ । निजी लगानीबाट संचालन भएको अस्पताल भएतापनी नवजिवनले सामाजिक उत्तरदायीत्व अनुरुप नेपाल सरकारसंगको सहकार्यमा ठुला–साना गरी स्थापना काल देखी नै ठुलो संख्यामा स्वास्थ्य शिवीर संञ्चालन गर्दै आएको जनाएको छ । अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगको बिरामीको निशुल्क औषधी वितरण लगायतको कार्य गर्दै आएको जनाएको छ ।

यस्तै नवजिवन अस्पतालमा २० भन्दा बढी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोे छ । अस्पतालबाट प्रत्येक दिन बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन रहेका छन् । यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,बरिष्ठ छाला चर्मरोग,एलर्जी,यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल प्रत्येक दिन सेवा प्रदान गरिरहेको छ ।

बरिष्ठ न्युरो सर्जन,स्पाईन सर्जन,दन्तरोग तथा बरिष्ठ म्यावजोफिशियल सर्जन,बरिष्ठ फिजीयोथेरापिष्ट प्रत्येक दिन, बरिष्ठ नेफ्रोलोजि,डायलासिस बिषेशज्ञ हरेक शुक्रबार र शनिवार प्रदान गरिरहेको छ। बरिष्ठ मुटुरोग बिशेषज्ञ डि एम कार्डियोलोजी महिनाको १ पटक २ दिन सम्म काठमाण्डौँका प्रतिष्ठत अस्पतालबाट तथा बरिष्ठ भास्कुलर सर्जनको टोलीबाट प्रत्येक महिनाको १ पटक २ दिनसम्म ओपिडी तथा फिष्टुलाको शल्यक्रिया, रेडियोलोजी सेवा अन्तरगत सिटी स्क्यान,फोर डि युएसजी इसिएचओ,टिएमटी, इन्डोस्कोपी र इसिजी प्रत्येक दिन,आइसियु एनआइसियु एसी क्याविन, डायलासिस प्रत्येक दिन आफ्नै २४ सै घण्टे फार्मेसी सेवा, एम्बुलेन्स सेवा र इमरजेन्सी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ ।

clock बुधबार १२, मङि्सर २०८१ ०७:३९

प्रतिक्रिया