राष्ट्रपति बनेपछि पौडेलले आज पहिलो पटक संसदलाई सम्बोधन गर्दै

  शुक्रबार ०५, जेठ २०८० १०:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्दै हुनुहुन्छ । राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदन (राष्ट्रिय र प्रतिनिधि सभा) को संयुक्त बैठकलाई आज अपराह्न ४ बजे सम्बोधन गर्न लाग्नु भएको हो ।

सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा संसदमा प्रस्तुत गर्दैछ । त्यसलाई राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुुहुनेछ । नीति तथा कार्यक्रम प्रस्तुतका लागि सबै तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपतिमा चयन भएपछि संघीय संसदको संयुक्त बैठकलाई पौडेलले पहिलो पटक संसदमा उनको यो पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो । पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । सरकारले आज संसदमा पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि केही दिन छलफल हुनेछ ।

सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधन सकिएपछि दुबै सदनको छुट्टाछुट्टै बैठक बस्नेछ । बैठकले राष्ट्रपतिको सम्बोधनलाई टेबुल गर्नेछ ।

clock शुक्रबार ०५, जेठ २०८० १०:३७

प्रतिक्रिया