मझगाउँ विमानस्थल निरीक्षण गरी मन्त्री भण्डारी पुगे दोधारा चाँदनी

  बुधबार ०७, कार्तिक २०८१ ११:०१

महेन्द्रनगर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मझगाउँ विमानस्थल निरीक्षण गरी दोधारा चाँदनी पुगेका छन् । दोधारा चाँदनी नगरपालिका १ मा प्रंस्तावित ुसुख्खा बन्दरगाह निरीक्षणका लागि मन्त्री भण्डारी दोधारा चाँदनी हिँडेका हु्न् ।

कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा उद्घाटनका लागि उनी मंगलबार साँझ महेन्द्रनगर पुगेका हुन् । दोधारा चाँदनीबाट फर्केपछि मन्त्री भण्डारीले एमाले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने छन् । त्यसपछि उनी उद्योग बाणिज्य संघको साधारण सभा उद्घाटन गर्ने छन् ।

मन्त्री भण्डारी साधारण सभा उद्घाटनपछि छेला औद्योगिक क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि सरकारी कर्मचारीसित भेटघाट गरी उनी साँझ धनगढी हुँदै काठमाडौं फर्किने छन् ।

संघको सभा कक्षमा संघका साधारण सभा हुन लागेको छ । संघका उपाध्यक्ष सुरेश गुरुङ्गले मन्त्री भण्डारीको प्रमुख आतिथ्यमा साधारण सभा सुरु हुने जानकारी दिए ।

संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा कार्यक्रम हुनेछ । अध्यक्ष जोशीले कार्यक्रको अध्यक्षतासंगै स्वागत मन्तव्य राख्ने भएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यक्रम भएको संघका कार्यकारी अधिकृत हेमराज भट्टले जानकारी दिए ।

उद्घाटन अघि मन्त्री भण्डारी मझगाउँ विमानस्थल र सुख्खा बन्दरगाहको स्थलगत निरीक्षणमा निस्केका छन् । त्यसपछि एमाले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटपछि उनी संघको साधारण सभामा सहभागी हुने भएका छन् ।

clock बुधबार ०७, कार्तिक २०८१ ११:०१

प्रतिक्रिया