फेक अडियो बनाएर मेरो चरित्र हत्या गरियो : आरजु राणा

  सोमबार ०१, जेठ २०८० १८:१७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताउनुभएको हो ।

उहाँले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भएपनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले महिलाहरुलाई राजनीतिमा आउँदा अनेकौँ कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरुप्रति नगर्न आग्रह पनि गर्नुभयो । सांसद राणाले भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गर्नुभयो ।

सांसद राणाले देशमा गलत समाचार र फेक मिडियाको पराकाष्ठा पुगिसकेको भन्दै सरकारले अनुगमन गर्नुपर्ने बताउनुभयो ।

clock सोमबार ०१, जेठ २०८० १८:१७

प्रतिक्रिया