टोपबहादुर रायमाझी सांसदबाट निलम्बित
काठमाण्डौँ । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी सांसद पदबाट पनि निलम्बित भएका छन्।
सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन्।
नक्कली भुटानी शरणार्थी पक्ररणमा वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्।
उनलाई म्याद थपका लागि सोमबार अदालत पेस गरिएकोमा अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रतिक्रिया