बयानका लागि सरकारी वकिल कार्यालय लगियो बालकृष्ण खाणलाई

  सोमबार ०१, जेठ २०८० ११:३६

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ।

बयानका लागि सोमबार बिहान खाणलाई सरकारी वकिल कार्यालय बबरमहल लगिएको हो।

खाणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो।

खाणलाई अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ।

clock सोमबार ०१, जेठ २०८० ११:३६

प्रतिक्रिया