देउवालाई नेविसंघ कार्यकर्ताको प्रश्न : खाणलाई निलम्बन किन नगरेको ?
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्राउ परेका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ।
नेविसंघले त्रिचन्द्र क्याम्पसमा सभापतिज्यू खाणलाई किन निलम्बन नगरेकोरु भन्दै प्रदर्शन गरेको हो। खाणलाई निलम्बन गर्ने विषयमा काँग्रेस पदाधिकारी बैठकमा पनि छलफल भएको थियो।
छलफलमा उपसभापति घनराज गुरुङ र महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए।
तर, देउवाले अहिले आरोप लाग्दैमा निलम्बन गर्न नपर्ने भन्दै अदालतको फैसला कुर्ने बताएपछि रोकिएको थियो।
सो प्रकरणमा पूर्व गृहमन्त्री खाणसहित दर्जन बढी पक्राउ परिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्।
प्रतिक्रिया