धनगढीमा घरबाटै रगतको निःशुल्क नमुना संकलन गर्दै रुद्राक्ष डायग्नोस्टिक सेन्टर

  सोमबार ०७, असोज २०८१ २१:०९

धनगढी । रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिले धनगढीमा घरबाटै रगतको निःशुल्क नमुना संकलन गर्न थालेको छ। ल्यावसम्बन्धी सबै सुविधासहित धनगढीको सेती प्रादेशिक अस्पताल अगाडिबाट सञ्चालित रुद्राक्ष डायग्नोस्टिकले घरबाटै रगतको निःशुल्क नमुना संकलन गर्न थालेको हो।

अशक्त र फुर्सद नहुनेलाई घरबाटै रगतको नमुना संकलन गर्न थालिएको सञ्चालक हरि धामीले बताए। ‘हामीले घरमै स्वास्थ्यकर्मी पठाएर रगतको निःशुल्क नमुना संकलन गरिरहेका छौँ,’ उनले भने, ‘उहाँहरूको रिपोर्ट हामीले ह्वाट्सएपमार्फत मोबाइलमै पठाउने व्यवस्था पनि मिलाएका छौँ।’ सरकारी मूल्यमै ल्यावका सम्पूर्ण सेवा दिइरहेको उनको दाबी छ।

उनका अनुसार डेढ करोड बढी लागतमा रुद्राक्ष डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर सुरु गरिएको हो। न्यून रकममा गुणस्तरीय सेवा दिने नारासहित सेवा थालिएको सञ्चालक धामी बताउँछन्।

‘नाराअनुसार रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरको सेवा शुरु गरेका छौँ, सामान्य सुगर जाँच, विभिन्न हर्मोनदेखि क्यान्सरसमेत पत्ता लगाउने उपकरण हामीसँग छन्, त्यहीअनुसारको ल्यावका जनशक्ति हामीले राखेका छौँ,’ उनले भने,‘ल्याव असिस्टेन्ट, टेक्निसियन र बिएमएलटी गरेका दक्ष जनशक्ति हामीसँग छन्, हामीले सक्दो ल्यावसम्बन्धी सबै सेवा दिन खोजेका छौँ।’

धनगढीका अन्य ल्यावभन्दा निकै कम मूल्यमा सेवा दिइरहेको सञ्चालक धामीको दाबी छ।

clock सोमबार ०७, असोज २०८१ २१:०९

प्रतिक्रिया