बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता, ३ जनाको उद्धार

  बुधबार ०२, असोज २०८१ ११:५०

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना भएको छ। दुर्गाथली गाउँपालिका(२ मा आज ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 
 
ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।  ट्याक्टरमा ५ जना सवार रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

clock बुधबार ०२, असोज २०८१ ११:५०

प्रतिक्रिया