किशोरी बलात्कारको आरोपमा डोटीमा १ जना पक्राउ

  आइतबार २३, कार्तिक २०८२ १२:४७

डोटी । डोटीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका( १ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्द छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ओमप्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार २३, कार्तिक २०८२ १२:४७

प्रतिक्रिया